काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २-१ गाेलले हराएको छ । जीतसँगै २९ खेलबाट ८२ अङ्क बनाएको लिभरपुलले दोस्रो स्थानमा म्यानचेस्टर सिटीसँग २५ अङ्कको अग्रता लिएको छ ।
अब लिभरपुलले प्रिमियर लिगको उपाधि पक्का गर्न तीन खेल जित्न आवश्यक रहेकाे छ । खेलकाे नवौं मिनेटमा बर्नमाउथले अग्रता लिएको थियाे । खेलको २५ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले र त्यसको आठ मिनेटमा साडियो मानेले गोल गरेका थिए ।
तपाईंको प्रतिकृया




