धेरैजसो ठाउँको मौसम सफा रहने

काठमाण्डौ । आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले पश्चिम र पूर्वका केही पहाडी क्षेत्रमा दिउँसो सामान्य बादल लागेर छिटपुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

साेमबार पनि पहाडका केही ठाउँमा सामान्य बादल र फाट्टफुट्ट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री