ईङ्लिस प्रिमियर लिग : वर्नलीसंग टोटेनहमको बराबरी

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले वर्नलीसंग बराबरी खेलेको छ ।

गएराती भएको खेलमा वर्नलीले टोटेनहमसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । क्रिस उडले १३ औं मिनेटमा गोल गर्दै वर्नलीलाई सुरुवाती अग्रता दिलाएपनि डेली अलीले १९ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल गरेका थिए ।

बराबरीसंगै शीर्ष चार भित्र अटाउने टोटेनहमको लक्ष्यमा धक्का लागेको छ । टोटेनहम ४१ अंक सहित तालिकाको आठौं स्थानमा छ । वर्नली ३९ अंक सहित तालिकाको १० औं स्थानमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री