कोरोना त्रास : पीएसजी र स्ट्रासवर्गबीचको खेल स्थगित

काठमाडौं । फ्रेन्च लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रासवर्गबीच तय भएको खेल स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण खेल स्थगित भएको हो ।

उक्त खेल स्ट्रासबर्गको मैदान हुने तय थियो । यस खेलको नयाँ मिति पछि तय हुने बताईएको छ । फ्रान्समा अप्रिल ५ मा पेरिस म्याराथन, अक्टोवर १८ मा आयोजना हुने भनिएको साइक्लिङका खेलहरुपनि अनिश्चित कालका लागि स्थगित भइसकेका छन् ।

फ्रेन्च लिग प्रोफेसनल (एलएफपी)ले विश्वमा पछिल्लोपटक कोरोना त्रासकै कारण खेलहरु धमाधम स्थगति गरिन थालेको छ । लिग वानमा पीएसजी ६८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३८ अंक जोडेर १०औ स्थानमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री