काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो ।
‘हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन्’, गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भने । स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उनले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतङ्कारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिए ।
सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल–ए–सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान ११:२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन् । घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिरहेका थिए ।
प्रतिकृया दिनुहॊस