काठमाडौं । विराटनगरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । विराटनगर घिनाघाट–विराटचोक सडक खण्डको विराटनगर- १९ मिलनचोकमा टिपरले ठक्कर दिदाँ ४५ वर्षीय बाबुराम सरदार र ६ वर्षीया सबिता सरदारको ज्यान गएको हो ।
विराटनगर तर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरीत दिशा तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
प्रहरीले टिपर चालक हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




