कोरोना प्रभाव : इरानमा ५४ हजार कैदी रिहा

काठमाडौ ।  कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएपछि इरानले ५४ हजार बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको हो । इरानका जेलहरु भरिभराउ रहेकाले त्यहाँको सरकारले सम्भावित जोखिमलाई ध्यान दिदैं उनीहरूलाई रिहा गरेको हो ।

उनीहरुलाई कोरोना भाइरसको परीक्षण गरी रिहा गरिएको जनाइएको छ । तर पाँच बर्षभन्दा बढी सजाय तोकिएका कैदीहरुलाई पनि रिहा गरिएको छैन।

कोरोनाका कारण दुईसाताभित्रै ७७ इरानीले ज्यान गुमाइसकेका छन्। त्यहाँका स्वास्थ्यमन्त्रीले मंगलबार मात्रै कोरोना संक्रमणको दर साविकको भन्दा ५० प्रतिशतका दरले बढेको बताएका छन्। सरकारी तथ्यांकअनुसार अहिलेसम्म २३३६ जनामा कोरोना संक्रमण भएको छ। तर संक्रमितहरुको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) काे अनुसार काेराेना भाइरसबाट अहिलेसम्म विश्वभर ३२ सय २ जना मृत्यु भएकाे छ भने ९३ हजार १ सय ५८ जनामा संक्रमण देखिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक …

प्रतिकृया दिनुहॊस