काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ ।
प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट डा. अनन्तकुमार सहितको टोली नेपाल आइसकेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण हुन लागेको हो ।
तपाईंको प्रतिकृया




