अछाममा चट्याङमा परेर एक जनाकाे मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा न. ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा गएराती चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको छ । धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।

यसैगरी धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन् । अहिले प्रहरी, स्थानिय र जनप्रतिनिधीले घटनाको अवलाेकन गर्ने र घाइतेको उद्वार गर्ने काम गरिरहेकाे गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री