कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

देशको शैक्षिक गुणस्तर खस्किएको भनेर आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले भने मिहिनेतबिनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना परिवर्तन गरेको छ। कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) मा छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० नम्बर ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन्।

नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था छ। शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ। एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ।

यसरी आन्तरिक २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेकाे समग्रमा डी प्लस ग्रेड आउँछ। यसरी डी प्लस ल्याउनेले विश्वविद्यालयमा भर्ना पाउँछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप