बाजुरामा प्रहरी कार्यालय लक्षित प्रेस कुकर बम सेनाद्वारा डिस्पोज

बाजुरा । सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

शुक्रबार साँझ झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री