माछापुछ्रे बैंक लिमिटेडको सि–आस्बा सेवा

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्दि«त गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिने व्यवस्था मिलाएको छ । मिति २०७४ फागुन ११ गते देखि धितोपत्रको सार्वजनिक निष्काशनमा ंिधतोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनपर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो ।

यस व्यवस्था पश्चात अब ग्राहकले यस बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्छन् ।

यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत अनुरोध गराएको छ ।

साथै यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस