बर्दियामा आफ्नै बहिनीको गरे हत्या

बर्दिया।बर्दियामा एक युवाले आफ्नै बहिनीको  हत्या गरेका छन्।बर्दिया नगरपालिका ३ का १७ वर्षिय श्याम थारुले आफ्नै १५ वर्षिया बहिनी सावित्री थारुको हत्या गरेका हुन्।

शुक्रबार बिहान ३ बजे घरमा सुतिरहेका बेला थारुले फरुवाले हानेर बहिनीको हत्या गरेको प्रहरीले जनाएको छ।

घरयासी बिवादमा दासले  बहिनीलाई फरुवा प्रहार गरी गम्भीर घाईते बनाएका थिए। घाइते भएकी सावित्रीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बहिनी हत्याको अभियोगमा प्रहरीले थारुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस