चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोनाको संक्रमण

काठमाडौं । चीनबाट ल्याएर खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीहरु स्वस्थ रेहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको मन्त्रालयले स्पष्ट पारेको हो ।

मन्त्रालयमा बुधबार ओयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाको स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् ।

कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै मन्त्रालयले संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट उद्दार गरिएका १७५ जना नेपालीको भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री