विद्यालयको गेटमा बम विस्फोट गराएको अभियोगमा युवक पक्राउ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-१८ स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम विस्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-६ डाँगी बस्ने ३८ वर्षीय गोपाल बस्नेत रहेका छन्। प्रहरीले उनलाई मङ्गलबार दिउँसो पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बस्नेतलाई धरान उपमहानगरपालिका-८ बरगाछी चोकमा फेला पारी पक्राउ गरेको हो । साथै, उनको साथबाट मोबाइल ४ थान र डायरी ४ थानसमेत प्रहरीले बरामद गरेको छ ।

उनीविरुद्ध विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । २०७६ भदौ २० गते उक्त विद्यालयमा बम बिष्फोट भएको थियो । प्रहरीले बम बिस्फोट गराउने कार्यमा बस्नेतको संलग्नता रहेको अभियोग लगाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री