मेगा बैंककाे ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ अाकर्षक योजना

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी र निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले उक्त संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको बैंकले जानकारी दिएकाे छ । ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको समेत गरेकाे छ ।

मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले बताएकाे छ । नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । ग्राहकलाइ लाेन लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन् ।

‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षकका साथै नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री