वुहानबाट ल्याइएका १ सय ७५ नेपालीलाई क्वारेन्टाइन पुर्‍याइयाे

काठमाडौँ । सुरुमा कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका नेपालीलाई विमानबाट ओर्लनेबित्तिकै भक्तपुरको खरिपाटी पुर्‍याइएकाे छ। नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइनको व्यवस्था गरिएको ठाउँ खरिबोट लगिएको हो।

अवतरण लगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई राख्दै खरिबोट स्थित नेपाल विधुत प्राधिकरणको तालिम केन्द्रमा पुर्याइएको छ। उनीहरुलाई त्यहाँ १४ दिन राखिनेछ। विहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका नेपाली विधार्थीहरु खरिबोट पुगे वुहानबाट शनिबार राति चिनिया समयानुसार १२ बजे उडेका नेपाली विधार्थीहरु आइतबार विहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

विमानसँगै पुगेका ६ वटा बसले यात्रुहरुलाई खरिबोट पुर्याएको चीनबाट फर्किएका विधार्थी अशोक साहले बताए। बससँगै एम्बुलेन्स, स्वास्थ्यकर्मीको टिम तथा एपीएफको गाडी पनि उनीहरुसँगै खरिबोट पुगेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस