हिमाली गिद्धको अध्ययन शुरू

काठमाडौँ । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा शुरू भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन शुरू गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली गिद्धको अध्ययन गर्ने उद्देश्यअनुरूप स्याटलाइट जडान गरिएको चराविद् डा. तुलसी सुवेदीले जानकारी दिए ।

उनले भने,’नेपालमा थालिएको यो अध्ययन विश्वमै दोस्रो हो, जीपीएस ट्रान्समिटर सहितको स्याटलाइटले हिमाली गिद्धको विचरणसँगै यसको गतिविधिको जानकारी दिन्छ ।’ उनका अनुसार अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ ।

उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ। यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो ।गोरखापत्र दैनिकमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस