जनतालाई मर्ज गरेको ग्लोबल आइएमई बैंकको यस्तो आयो प्रगति विवरण

काठमाडौं । जनता बैंकलाई मर्जर गरेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकमा उत्साहजनक वृद्धि गरेको छ । यसअवधिसम्म आइपुग्दा १ अर्ब ६८ करोड ५९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष यसैअवधिमा भन्दा ३७.१३% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफा सहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । मर्जर अघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा वितरण योग्य नाफा १ अर्ब २० करोड ८५ लाख ३० हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ४९.०३% ले बढेर ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३६.०८% ले बढेर २ अर्ब ३६ करोड ९४ लाख ५६ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी वृद्धिको सामान्य  दबाब प्रतिसेयर आम्दानीमा परेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसाले घटेर २२ रुपैयाँ ५३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २३ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण …

प्रतिकृया दिनुहॊस