अन्सुको दुई गोलमा बार्सिलोना विजयी

काठमाडाैं । अन्सु फटीको दुई गोलमा लिभान्टेविरुद्ध बार्सिलोना २-१ ले विजयी भएको छ । स्पेनिस लालिगा अन्तर्गत गएराति घरेलु मैदान क्याम्पनाउमा सम्पन्न खेलमा बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्‌क जोडेको हो ।

अन्सुले ३० र ३१ औं मिनेटमा दुई गोल गर्दा दुवै अवसर लिओनल मेसीले दिलाएका थिए । लिभान्टेका लागि रोचिनाले इन्जुरी समयमा सान्त्वाना गोल फर्काएका थिए ।

उक्त जितपछि बार्सिलोना २२ खेलबाट ४६ अङ्‌कसहित दोस्रो स्थानमा कायम छ । समान खेलबाट ४९ अङ्‌कसहित रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री