कुमारी बैंकले कास्कीको छोम्रोंगबाट शाखारहित बैंकङ सेवा दिन थाल्याे

काठमाडाैं । कुमारी बैंक लिमिटेडले कास्की जिल्लाको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरे ।

उद्धघाटन समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं. १९९४ …

प्रतिकृया दिनुहॊस