मोहम्मद अल्लवी इराकका नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । इराकमा मोहम्मद तौफिकअल्लवी नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । लामो समयदेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला राष्ट्रपति बार्हम  सालिहले अल्लवीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

तर आन्दोलनकारीले भने नवनियुक्त प्रधानमन्त्रीले आफूहरुले उठाएका एजेण्डा सम्बोधन गर्न नसक्ने भन्दै विरोध प्रदर्शन गरीरहेका छन् । नवनियुक्त प्रधानमन्त्रीकै विरोधमा राजधानी बगदादलगायत दक्षिणी प्रान्तहरुमा विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इराकको संसदले राष्ट्रपतिलाई दवाव दिएपछि प्रधानामन्त्री नियुक्त भएपनि आन्दोलन थप चर्किएको छ । गत अक्टोबरदेखि सरकार विरोधी प्रदर्शनका कारण अडेल अब्दुल महदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हिंसात्मक घटनाहरु भइरहेका छन् ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै अल्लावीले आम जनताको भावनाको कदर गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस