सर्लाही । सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । शनिबार राति गोडैताबाट सदरमुकाम मलङ्गवाका लागि छुटेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे हाे ।
गाडीले ठक्कर दिँदा माेटरसाइकल चालक सर्लाहीकाे मलङ्गवा नगरपालिका २ का उपेन्द्र सोनार र मोटरसाइकल पछाडि बसेका राजेन्द्र यादवको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै शनिबार राति नै ना १९ प २१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीया जोककुमारी थापाको ज्यान गएको प्रहरीले बताएकाे छ ।
तपाईंको प्रतिकृया




