६ इन्स्योरेन्स कम्पनीले गरे लाभांश प्रस्ताव

काठमाडौं । माघ पहिलो हप्तासम्ममा ६ इन्स्योरेन्स कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् । गुराँस लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

नेप्सेमा १५ निर्जीवन बीमा कम्पनी र ७ जीवन बीमा कम्पनी सूचीकृत छन् । तीमध्ये हालसम्ममा एक जीवन बीमा कम्पनी र पाँच निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १३ दशमलव १०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप