देउराली लघुवित्तको सेवा शुरू

रूपन्देही । बुटवल उपमहानगरपालिका–४ पाल्पारोडमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्तको औपचारिक उद्घाटन भएको छ । शनिवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले संस्थाको औपचारिक उद्घाटन गरेका हुन् ।

प्रदेश ५ का सबै जिल्लामा कार्यक्षेत्र रहनेगरी मंसिर २५ गतेदेखि कारोबार अनुमति पाएको लघुवित्तले रूपन्देही, पाल्पा र गुल्मीमा शाखा स्थापना गरी लघुवित्त सेवा प्रदान गर्न थालेको छ ।अधिकृत पूँजी रू. ६ करोड, जारीपूँजी रू. ४ करोड र चूक्तापूँजी रू. ४ करोड रहेको कम्पनीले चूक्तापूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याएको जानकारी दिएको छ ।

उक्त अवसरमा गभर्नर नेपालले सुरक्षित लगानीमा जोड दिँदै वित्तीय संस्थाले एउटाको पैसा अर्कालाई दिने भएकाले जनताको निक्षेपलाई सुरक्षित राख्ने दायित्व संस्थाकै भएको बताए । राष्ट्र बैंकले मर्जरका लागि प्रेरित गरिरहेको अवस्थामा सेवा शुरू गरेको देउराली लघुवित्तलाई पनि मर्जरका लागि तयार हुन र आफ्ना लागि अनुकूल संस्था खोज्न समेत उनले आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस