दैलेख। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ हाडाकोटका बीमित स्व. हस्तबहादुर कामीको बीमादाबी रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सका प्रदेश प्रमुख विमलराज रेग्मीले उनकी धर्मपत्नी विमाकुमारी बिकलाई दाबी रकमबराबर रू. ४ लाखको चेक हस्तान्तरण गरेका थिए ।
स्व. हस्तबहादुरले पहिलो किस्ता बीमांक रकम रू. ३८ हजार जम्मा गरेका थिए । गत असोज २४ गते हस्तबहादुरको भिरबाट लडेर निधन भएको थियो । साथै, बीमा हस्तान्तरण कार्यक्रममा ५ जनाले जनही रू. ५ लाखको जीवन बीमा गरेको र १० जना नयाँ अभिकर्ता थपिएको इन्स्योरेन्सका दैलेख शाखा प्रमुख भूपेन्द्रबहादुर शाहीले जानकारी दिए ।
तपाईंको प्रतिकृया




