जनता बैंकको नयाँ शाखा लेकसाइड र अत्तरीयामा

काठमाडौं । जनता बैंक नेपालले  एकै साथ पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा दुई नयाँ शाखाहरुको उद्घाटन गरेको छ । बैंकको लेकसाइड शाखा ९३औं र अत्तरीया शाखा ९४औं हो । दुवै शाखाहरुबाट विहीबारदेखि नै बैंकिङ्ग कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ ।

 

लेकसाइड शाखाको उद्घाटन पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि. र बैंकका संचालक रामबहादुर भण्डारीबाट र अत्तरीया शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद र संचालक गौतमप्रसाद खनालबाट संयुक्त रुपमा गरेका छन् ।

लेकसाइड शाखाको समुद्घाटन कार्यक्रममा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि., संचालक  रामबहादुर भण्डारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र, पोखरा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य यदुनाथ अधिकारी, नेपाल पर्यटन परिषद कास्कीका उपाध्यक्ष भरतराज पराजुली र पोखरा लेखनाथ म.न.पा. वडा नं. ६ का वडाअध्यक्ष जगतबहादुर पहरीले मन्तव्य राखेका थिए ।

त्यसैगरी अत्तरीया शाखाको समुद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद, बैंकका संचालक संजिव न्यौपाने, उद्योग वाणिज्य संघ अत्तरीयका अध्यक्ष ललित रोकायले मन्तब्य राखेका थिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सागर कुमार घिमिरे समेतको उपस्थिति रहेको उद्घाटन कार्यक्रमको संचालन बैंकको नेपालगंज क्षत्रीय प्रमुख ध्रुब कुमार पौडेलले गरेका थिए ।

जनता बैंक नेपाल लिमिटेडले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पुर्याउदै आइरहेको छ । बैंकको हाल रु. ५२ अर्ब ४४ करोड निक्षेप र रु. ४९अर्ब २४ करोड कर्जा कारोवार रहेको छ ।

बैंकले आ.ब. २०७३। ७४ को मुनाफाबाट १४.४ प्रतिशत बोनस सेयर वितरण गरेसँगै चुक्तापुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।  यस सगै राष्ट्र बैंकले तोकेको पुँजी सिमा पुरा भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री