कैलाश विकास बैंकको शाखा धापाखेलमा

काठमाडाैं। कैलाश विकास बैंकले आफ्नो १०१ औँ शाखा ललितपुरको धापाखेलमा  संचालनमा ल्याएको छ । शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका छन् ।

नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन् । बैकको एटिएम संख्या ४० पुगेको छ ।

बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंक लिमिटेडसंग समाहित (एक्युजिसन) हुन र आ.ब. २०७५।७६ को वितरण योग्य मुनाफाबाट शेयरधनिहरुलाई १६ प्रतिशत बोनश शेयर र २.७७ प्रतिशत नगद लाभांश गरी कुल १८.७७ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित गर्न यहि पौष २५ गते शुक्रबार २६ औ वार्षिक साधारणसभा आब्हान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस