काठमाण्डौ । फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले जितेको छ । फाइनलमा मेक्सिकन क्लब फेरमिंगोलाई एक–शून्यले गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भयो ।
कतारको दोहामा भएको फाइनलमा लिभरपुलको जितमा रोबेर्टो फेरमिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो । युरोपियन च्याम्पियन लिभरपुलले निर्धारित ९० मिनेट गोलरहित बराबरी गरेको थियो । खेलको सुरुवातमा नै ब्राजिलियन खेलाडी फरेमिन्हाले लिभरपुललाई अग्रता दिलाउने सुनौलो मौका पाएका थिए तर असफल भए । त्यसपछि नाबी केइटाले पनि राम्रो मौका पाएकोमा खेर फाले ।
मेक्सिकन क्लबविरुद्ध आक्रामक फुटबल खेलेको लिभरपुलका लागि दोस्रो हाफको सुरुवातमा नै फेरमिन्होले गरेको प्रहार पोलमा लागेर फर्किँदा रिबाउण्डमा मोहम्मद सलाहले मौका पाएका थिए तर सफल भएनन् ।
प्रतिकृया दिनुहॊस