एम्बुलेन्स र ट्रक ठोक्किँदा चालकको मृत्यु

बारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढमा भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा एम्बुलेन्स चालक रौतहटको चन्द्रपुर–९ डुमररियाका करिब २८ वर्षीय ईश्वर खत्री रहेका छन्।

बिरामीलाई अस्पताल पुर्‍याएर रौतहट घर फर्किंदै गरेको ना ५ ख १०३३ नम्बरको एम्बुलेन्स पूर्वबाट निजगढतर्फ आउँदै गरेको ना ६ ख ४९५४ नम्बरको ट्रकसँग शनिबार राति करिब पौने ९ बजे ठोक्किएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

एम्बुलेन्समा चालक मात्र सवार थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि प्रहरीले चन्द्रपुर अस्पताल पठाएको छ। ट्रक राजमार्गबाट दक्षिणतर्फ जंगलमा झरेको छ। ट्रकका चालक फरार छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस