नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी

काठमाडौं । पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् । गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् ।

उनले कार्यक्रममा सहभागी हुँदै मनिषाका बाबा र आमालाई बधाई तथा शुभकामना दिइन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा लोकप्रिय नेता बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइराला र उनकी धर्मपत्नी सुष्मा कोइरालाले आफनो विवाहको पचास बर्ष पुगेको अवसरलाई सुवर्ण उत्सवको रुपमा मनाएका थिए ।

मातापिताको विवाह वर्षगाँठ मनाउन छोरी मनिषा र छोरा सिद्धार्थले काठमाडौको लाजिम्पाटस्थित एक होटेलमा आफ्ना इष्ट मित्र तथा पाहुनाहरुका लागि जलपानको आयोजना गरेका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस