धनुषा । धनुषाको छिरेश्वर नगरपालिका- ५, महेन्द्रनगर बजारमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार राती भएको विस्फोटमा महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साहको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर खनालले जानकारी दिए ।
घर नजिकै राखिएको बम विस्फोट हुँदा राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ । विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको डीएसपी खनालले जानकारी दिए ।
दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ । विष्फोटबाट राजेश्वरको घरमा सामान्य क्षति पुगेको छ ।
तपाईंको प्रतिकृया




