काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आवकाे ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा अार्जन गरेको थियो ।
बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालन विस्तार भएको उल्लेख गरेकाे छ । साे बैंकको निष्क्रिय कर्जा १.४३, निक्षेप लागत ८.१६, सीडी रेसियो ७७.५० र आधार ब्याजदर १०.७६ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा रहेकाे छ । ६ महिनामा बैंकले कर्जाको ब्याजबाट ३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै ब्याज खर्च २ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भएको बैंकले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




