दिल्लीको अन्न भण्डारमा आगलागी, ४३ जनाको ज्यान गयाे

काठमाण्डाै । भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जनाभन्दा धेरैको ज्यान गएको छ । दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो । आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ । घटनास्थलमा अहिले पनि उद्दारको काम भइरहेको छ ।

दिल्लीको एलएनजेपी अस्पतालमा पुर्‍याइएका ४९ मध्ये ३४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । बाँकी १५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । घाइतेहरुको आरएमएल, एलएनजेपी, हिन्दु राव र सफदरजंग अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस