इटहरीकाे बिग बारमा आगलागी

सुनसरी । इटहरीको मुख्य चाेकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ ।

रातिकाे १ बजे लागेकाे आगाे साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए  ।

विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगाे निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । आगलागि भएलगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस