लमजुङमा बस खोलामा खस्यो, एक जनाको मृत्यु

लमजुङ । लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा ९–१० जना यात्री रहेकोमा दुई–तीन जना भने गाडी आफैँ गुड्न थालेपछि ओर्लिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस