मुगु । किसान यति बेला भुवा पाखो खेतबारीमा हिउँदे बाली गहुँ जौ झर्ने चटारोमा छन्। उनीहरू हिउँदे बाली लगाउनका लागि खेतबारी खन जोतमा ब्यस्त छन्। मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका स्थित वडा नं ७ गम्थाका का किसान खेतमा गहुँ र जौँ छर्ने हतारो छ।
बिहान सबेरै खेतबारीमा निस्कीएर खेतमा गहुँ, जो छर्न, खेतबारीमा खन जोत गर्न ब्यस्त रहेका खत्याड गाउँपालीका वडा नं ७ का किसान चम्फा सिहं थापाले बताए। बर्खे बाली कोदो, सिमी, मकै र आलुलगायत बाली थन्क्याएपछि उनी मात्र होइन, लेकाली बस्तीका अधिकांश किसान खेतबारीमै व्यस्त छन। अर्का किसान जसीराम भियाँलका अनुसार अन्न छर्ने कामले फुर्सद पाउनै नसकेको बताए।
लेकाली बस्तीमा चिसो मौसम सुरु नहुँदै अन्न लगाइसक्नुपर्ने बाध्यता छ । चिसोका कारण बाहिर निस्कन समस्या हुने भएकाले कृषक जतिसक्दो छिटो बाली लगाउने हतारोमा परेका छन्। मंसिर पहिलो सातादेखि नै खत्याड गाउँपालिकाको सुकााढिक, गम्था, रातापानी, श्रीकोट, आम, सेरी, कोटडाडा, तलि बगरलगायत बस्तीका किसानलाई जौं र गहुँ छर्ने चटारो छ ।
चाडबाड सकिएको र धेरै चिसो नभएकाले बालबालिकादेखि वृद्धसम्मलाई बाली लगाउने कामले छोएको छ । खत्याड गाउँपालीका, सोरु गाउँपालीका छायाँनाथ रारा नगपालीका र मुगुमकामाराेंगं गाउँपालीकमा सिँचाइ सुविधा नहुने अधिकांश क्षेत्रमा आकासेपानीकै भरमा खेती गरिन्छ ।




