महिला क्रिकेटमा अञ्जली चन्दको विश्व कीर्तिमान

काठमाण्डौ  । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटले जितेकाे छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गर्न सफल भयाे। याे भन्दा पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्‍याे । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गर्न सफल भइन् । उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाउन सफल बनाइन् ।

याे भन्दा पहिले कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस