फाइल फोटो

प्रधानमन्त्रीओलीको स्वास्थ्यमा सुभार, भेन्टिलेटरबाट हटाइयो

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएसँगै उनलाई लगाइएको भेन्टिलेटरकाट बुधबार विहानै हटाइएको हाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शल्यक्रियापछि मंगलबार स्थिर देखिएको प्रधानमन्त्रीको स्वास्थ्यमा बुधबार उल्लेख्य सुधार आएको जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीको हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिंदादेखि राखिएको भेन्टिलेटरबाट आज (बुधबार) बिहान हटाइएको छ ।’

उनको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले समेत काम गर्न छाडेको छ । प्रधानमन्त्री ओलीको तेस्रो पटक मृगौलाको डायलासिस गरिसकिएको छ । प्रधानमन्त्रीको मृगौला पुनः प्रयारोपणका लागि समेत आवश्यक परामर्श भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस