म्यान्चेस्टर सिटी र टोटनह्याम नक आउट चरणमा पुगे

काठमाडौं । इंग्लीश फुटबल क्लबहरु म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरसँगै स्पेनको रियाल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समूह ‘ए’ को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग २–२ गोलको बराबरी खेल्दै स्पेनको रियाल मड्रिड नक आउट चरणमा छानिएको छ ।

पिएसजी यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । यही समूहको अर्को खेलमा टर्कीको गालातासारेले बेल्जीयको क्लब ब्रुजसँग १–१ गोलको बराबरी खेलेको छ । गएराती भएको समूह ‘बी’ को खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ ले हराउँदै टोटनह्याम हट्सपर राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

यही समूहको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले सर्वियाको रेडस्टार बेलग्रेडलाई ६–० ले पाखा लगायो । बायर्नका लागि रोबर्ट लेवान्डोस्की एक्लैले ४ गोल गरे ।यो समूहबाट बायर्न म्युनिख यसअघि नैं नक आउट चरणमा प्रवेश गरिसकेको थियो । गएरातिको जितसँगै टोटनह्याम समूह उपविजेता बन्ने निश्चित भएपछि अन्तिम १६ चरणमा पुगेको हो ।

उता समूह ‘सी’ को खेलमा युक्रेनको शख्तरसँग १–१ गोलको बराबरी खेल्दै म्यान्चेस्टर सिटी पनि राउण्ड अफ सिक्सटिनको लागि छानियो । यो समूहको अर्को खेलमा इटालीको एटलान्टाले क्रोएसियाको डाइनामो जागे्रबलाई २–० ले पराजित गर्‍यो ।

उता समूह ‘डी’ को खेलमा इटालीको युभेन्टसले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराउँदा जर्मनीको बायर लिभरकुजेनले रुसको लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गर्‍यो । यो समूहबाट युभेन्टस नक आउट चरणमा पुगिसकेको छ । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस