कोलोम्बियामा सरकार विरोधी आन्दोलन चर्कियो

काठमाडौं । कोलोम्बियामा जारी सरकार विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । कोलोम्बियाका राष्ट्रपति इभन ड्यसकले विरोध प्रदर्शन जारी रहेसम्म सुरक्षाकर्मी सडकबाट नहट्ने चेतावनी दिएका छन् ।

सुरुमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएपनि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको हो । राष्ट्रपति ड्यसकले आतंकवाद र तोडफोड सह्य नहुने भन्दै प्रदर्शनलाई हिंसात्मक नबनाउन अपीलसमेत गरेका छन् ।

तीन दिनदेखि जारी सरकार विरोधी प्रदर्शनमा घाइते हुनेहरुको संख्या बढ्दै गएको छ । कोलम्बियालीहरु न्यूनतम ज्याला, पेन्सन र कर सुधारलगायतका माग गदैै आन्दोलन गर्दै आएका छन् । त्यसैगरी सने २०१६ मा फर्क विद्रोहीसँग भएको शाीन्त सम्झौताको पालना नभएकोसमेत आरोप लगाएका छन् । -एजेन्सी

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस