जागिरका लागि अन्तरवार्ताको वहानामा रिसोर्टमा लगेर बलात्कार !

ललितपुर । महानगरपरिय प्रहरी परिसर ललितपुरले बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अन्तरवार्ता बहानामा गोदावरीस्थित रिसोर्टमा पुर्‍याएर जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले रोहितप्रसाद ढुंगानालाई पक्राउ गरेको हो ।

ढुंगानालाई सहयोग गरेको आरोपमा निर्मला शर्मा र मिना रिमाल पनि पक्राउ परेको परिसरका सहप्रवक्ता सन्तोष तामाङले जानकारी दिए । तामाङका अनुसार मंसिर ५ गते सिनामंगलको एक कन्सल्टेन्सीमा जागिर लगाई दिने भन्दै उनीहरुले पीडित किशोरीलाई बोलाएका थिए ।

ढुंगानासँग पीडितको चिनजान गराइसकेपछि उनीहरुले बिहानको खाजा खाएर कोठामा छाडिदिने बहानामा गोदावरीको एक रिसोर्टमा पुर्‍याएका थिए । त्यहाँ पुगेपछि पीडितमाथि ढुंगानाले बलात्कार गर्न खोजे । पीडितले प्रतिकार गरेर त्यहाँबाट उम्कन सफल भएको प्रवक्ता तामाङले जानकारी दिए । तामाङका अनुसार घटनामा संलग्न ढुंगाना, रिमाल र शर्मा तीनै जनालाई पक्राउगरी अनुसन्धान भइरहेको छ । अन्नपूर्ण पोष्टबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंको थलीमा शव भेटियो, अनुसन्धानमा प्रहरी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित थलीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे पाँच बजे शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रतिकृया दिनुहॊस