मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

हेटौंडा । कान्ति लोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका–७ न्युरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चौघडा बजारबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५९ प ५९२५ नम्बरको मोटरसाइकल  शुक्रबार राति अनियन्त्रित भई सडकपेटीको नालीमा खस्दा एक जनाको मृत्यु भएको र एकजना घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

मुत्यु हुनेमा गढी गाउँपालिका–३ मक्रानचुलीका २५ वर्षीय राजेश तिमल्सिना रहेका छन्। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको निरीक्षक भण्डारीले बताए।

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २५ वर्षीय प्रल्हाद तिमिल्सिना रहेका छन्। उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after