डा. गोविन्द केसी अस्पताल भर्ना

अमरगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार बेलुका डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनकै सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा. कँडेलले बताए ।

चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

tihar-1024x569/चाडबाडको नाममा फैलियो विकृति

आज तिहारको कुनै पर्व छैन, भोलि गोवर्धन पूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहॊस