चितुवाको छालासहित तीनजना पक्राउ

जनकपुरधाम । धनौजी गाउँपालिका–२ गोरदाहाबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका–४ का ३६ वर्षीय जयराम मण्डल छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो। प्रदेश नं.२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा चेकजाँचको क्रममा तीनैजना पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतिले जानकारी दिए।

उनका अनुसार उनीहरुको साथबाट १३ हजार ३५५ रुपैयाँ सुनजस्तो देखिने धातुको एक थान अ‍ैंठी समेत बरामद गरिएको छ। उनीहरु कहाँबाट चितुवाको छाला ल्याएको विषयमा केही खुलेका छैन। प्रहरी उपरीक्षक उप्रेतीले उनीहरुमाथि अनुसन्धान तथा कानुन बमोजिम कारबाही अगाडी बढाइएको बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस