सरकारले भन्यो- ‘भारतको एकपक्षीय निर्णय मान्य छैन, कालापानी नेपालको हो’

काठमाडाैं – भारत सरकारले एकतर्फि रुपमा सार्वजनिक गरेको नक्साप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । नक्सामा नेपाली भूभाग कालापानी भारतको जमिन भएको देखाइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले भारत सरकारले हालै सार्वजनिक गरेको नक्साप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ, नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरुको समाधानको लागि प्राविधिकहरुको सल्लाहमा दुबै देशका परराष्ट्र सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको छ, दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका …

प्रतिकृया दिनुहॊस