खल्ती र लर्ड बुद्धको सम्झौता, विद्यार्थीलाई इन्टर्नशिप र रोजगारी

काठमाडाैं – ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ ले इ-बिजनेस र आइटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् । सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरूलाई ‘खल्ती’ मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ ।

मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्र्निशपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ । त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हदसम्म पुर्ने अपेक्षा गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस