काठमाडाैं – ग्लोबल आइएमई बैंकले प्रदेश १ को ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका- ११ रमाइलो डाँडा बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १ सय ४९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १ सय ४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १ सय ५० एटिएम तथा १ सय ९३ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईंको प्रतिकृया




