सनराइज बैंकले ३ अर्ब रकमको ऋणपत्र जारी गर्‍यो

काठमाडौं – सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गरेको छ । बैंकले मुलुककै पुँजी बजारको विस्तारका लागि आजबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गरेको हो ।

वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र जारी हुँदैछ । निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सो ऋणपत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए ।

बैंकको ऋणपत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ । बैंकका ऋणपत्र चाँडोमा कार्तिक २४ गते र त्यसभित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुने समय पनि निर्धारण गरिएको छ ।

सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ । ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप