हाइटी आन्दोलनः अहिलेसम्म ४२ को मृत्यु

एजेन्सी । हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन्।

हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ। उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन्। आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्। गरीव देश मानिने हाइटीमा आन्दोलनका कारण इन्धनको अभाव पनि बढेको जनाइएको छ।

आन्दोलनको असर स्वास्थ्य सेवा, खाद्यान्न, शिक्षालगायतका अन्य विभिन्न आधारभूत सेवाहरुमा पनि परेको राष्ट्रसंघको उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस